
घोषणापत्र




मूल्याङ्कनमा युवाहरूको सार्थक संलग्नताको लागि आह्वान
हामी, मूल्याङ्कनको विश्वव्यापी समुदायका सदस्यहरू—सरकारहरू, सांसदहरू, स्वैच्छिक मूल्याङ्कन पेशागत संगठनहरू (VOPEs), संयुक्त राष्ट्रसंघका निकायहरू, मूल्याङ्कनकर्ता, शैक्षिक क्षेत्र, निजी क्षेत्र, र विकास क्षेत्र—
स्वीकार गर्छौं कि युवा र उदयमान मूल्याङ्कनकर्ताहरूले विश्व मूल्याङ्कन संस्कृतिको निर्माणमा सक्रिय योगदान दिइरहेका छन्, र मूल्याङ्कनको रूपान्तरणकारी शक्ति फैलाउँदै सामाजिक न्याय र समानताको आधारमा दिगो, समावेशी, र न्यायपूर्ण विश्व निर्माणमा योगदान पुर्याइरहेका छन्।
स्वीकार गर्छौं कि मूल्याङ्कन प्रक्रियामा र मूल्याङ्कनको वकालतमा युवाहरू र उदयमान युवा मूल्याङ्कनकर्ताहरूको सार्थक संलग्नता सुनिश्चित गर्न हामीले भूमिका र जिम्मेवारी वहन गर्नुपर्छ, जसले दिगो विकास लक्ष्यहरू (SDGs) प्राप्त गर्न सहयोग पुर्याउँछ।
प्रतिबद्धता जनाउँछौं कि युवा र उदयमान मूल्याङ्कनकर्ताहरूको पेशागत क्षमता विकास गर्न रणनीतिक र समन्वित प्रयासहरू गर्नेछौं।
प्रतिबद्धता जनाउँछौं कि मूल्याङ्कनको डिजाइन, विकास र प्रयोगमा युवासँग सहकार्य गर्दै मूल्याङ्कनमा युवाहरूको वास्तविक र सार्थक संलग्नताको वकालत र प्रवर्द्धन गर्नेछौं। यसमा मूल्याङ्कनको सबै चरणहरूमा युवाहरूलाई संलग्न गरिनेछ, जस्तै:
-
मुख्य सूचनादाताको रूपमा: मूल्याङ्कनको तथ्यांक सङ्कलनको क्रममा दृष्टिकोण र प्रमाण प्रदान गर्ने, विशेष गरी प्रतिनिधित्व नभएका युवाहरूको समूहमा ध्यान केन्द्रित गर्दै।
-
सह-मूल्याङ्कनकर्ता रूपमा: वरिष्ठ मूल्याङ्कन टोलीसँग मिलेर मूल्याङ्कन सञ्चालन गर्ने।
-
सल्लाहकार रूपमा: मूल्याङ्कन प्रक्रियाका मुख्य प्रतिवेदनहरूमा सुझाव र दृष्टिकोण दिने।
-
निर्णयकर्ता रूपमा: मूल्याङ्कन प्रक्रिया आयुक्त वा व्यवस्थापकसँग मिलेर नेतृत्व गर्ने।
-
वकालतकर्ता रूपमा: मूल्याङ्कनको प्रयोगको पक्षमा आवाज उठाउने।
-
स्वीकार गर्छौं कि मूल्याङ्कनमा युवाहरूको सार्थक संलग्नता एक पटकको प्रयास होइन, निरन्तर प्रक्रिया हो, जसमा प्रक्रिया पुनरावलोकन गरिन्छ र सिकाइलाई कार्य र परिवर्तनमा रूपान्तरण गरिन्छ।
प्रतिबद्धता जनाउँछौं कि हामी मूल्याङ्कनमा युवाहरूका लागि एक सशक्त समर्थक बन्नेछौं!


